Paschim Express
डडेल्धुराबाट झण्डै ५९ हजार नगदसहित ५ जना जुवाडे पक्राउ

डडेल्धुरा । डडेल्धुराबाट झण्डै ५९ हजार नगदसहित ५ जना जुवाडे पक्राउ परेका छन् ।

जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ५ कीर्तिपुर बस्ने करन रोकायको घरको आगनमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५८ हजार ८ सय ५० रुपैयाँ र ९ गड्डी ताससहित पक्राउ गरेको कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कुसुम नायकले बताए । 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update