Paschim Express
यस वर्षको गौरा भदौ १० मा मनाइने

डडेल्धुरा ।  सुदूरपश्चिम तथा कर्णालीमा मनाइने गौरा पर्व यस वर्ष यही १० भदौ सोमबारका दिन मनाइने अठोला पञ्चाङ्गले जनाएको छ ।

अठोला पञ्चाङ्गका पञ्चाङ्गकार डिल्लीराज जोशीद्वारा हस्ताक्षरित सोमबार जारी विज्ञप्तिमा यसपालि गौरा पुजन भाद्र कृष्णपक्षमा रहेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, 'कृष्ण पक्षमा पुजिने गौरालाई अँधेरी वा काली गौरा भनिन्छ ।'

अठोला पञ्चाङ्गका अनुसार ८ भदौमा बिरुडा पञ्चमी, ९ मा षष्टी तिथि, बिरुडा धुने, नोलाको गौरा, गौरा सप्तमी, अमुक्ताभरण सप्तमी र भित्री गौरा रहेको तथा १० मा अठेवाली अर्थात् गौरापर्व मनाइनेछ । ११ भदौपछि आ–आफ्नो अनुकूलताअनुरुप गौरा सेलाउने चलन रहेको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update