Paschim Express
पश्चिम सेतीको डीपीआर बनाउन बोलपत्र आह्वान

काठमाडौँ । भारतीय कम्पनी एनएचपीसीले पश्चिम सेती जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न बोलपत्र आह्वान गरेको छ ।

एनएचपीसीको काठमाडौँस्थित शाखा कार्यालयले आज सार्वजनिक सूचना जारी गरी नेपाली कम्पनीहरुबाट सिलबन्दी बोलपत्र आह्वान गरेको हो । बोलपत्र पेस गर्ने म्याद आगामी सेप्टेम्बर ११ तारिख अर्थात् भदौ २६ गतेसम्म छ ।

जलाशययुक्त ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना डोटी जिल्लामा बन्ने छ । चिनियाँ कम्पनी थ्री गर्जेजसँगको सम्झौता तोडिएपछि अलपत्र पारेको पश्चिम सेती आयोजना तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले एनएचपीसी इण्डियालाई दिएको थियो ।

लगानी बोर्डले २०७९ सालको भदौ महिनामा ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र एनएचपीसीलाई दिएको थियो ।

सोही वर्षको माघ महिनामा एनएचपीसी इन्डिया लिमिटेडले पश्चिम सेती जलविद्युत आयोजनाको प्रारम्भिक (इन्सेप्सन) प्रतिवेदन लगानी बोर्डलाई बुझाएको थियो ।

454131237_3855978068009777_4514159001673706853_n-1724229242.webp
 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update