Paschim Express
आर्थिक अभावले अस्पतालको शैय्यामा छट्पटाउदै डडेल्धुराकी बन्दना

डडेल्धुरा । आर्थिक अभावका कारण डडेल्धुराकी एक किशोरीको उपचारमा समस्या भएको छ ।  अमरगढी नगरपालिका–५ खलंगाकि १७ वर्षीया किशोरी बन्दना लिम्बूको उपचारमा समस्या भएको हो ।

उनी साउन ३१ गते अमरगढी नगरपालिका– ५ तुफानडाँडामा उनी साइकल दुर्घटनामा परेकी थिइन् ।  दुर्घटनामा परेर उनको टाउकोमा गम्भीर चोट लागेको छ। उनको धनगढी, कैलालीमा रहेको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

उनका बुवा युवराज लिम्बूका अनुसार बन्दनाको उपचारका लागि दैनिक ५० हजार खर्च भइरहेको छ।

दैनिक ज्यालादारी गरेर घर चलाइरहेका लिम्बू परिवारमा छोरी दुर्घटनामा परेर घाइते भएपछि आर्थिक समस्या देखा परेको छ । बन्दना, महेन्द्र माध्यमिक विद्यालय खलंगामा कक्षा १० मा अध्ययनरत छिन् ।  

उनको उपचारका लागि सहयोग गरिदिन परिवारका सदस्यले याचना गरेका छन् । उनलाई सहयोग गर्न चाहनेले निम्न बैंक खातामार्फत रकम पठाउन सक्नेछन् ।  

kumari bank ltd.

ac no. 0280317582300001

Dhanmaya limbu

mobile no. 9848728582

456241827_516371637732996_2948947178647798834_n-(1)-1724230427.jpg
 

 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update