Paschim Express
जसको कोही छैन, उसका लागि सरकार हुनुपर्छ : राज्यमन्त्री खड्का 

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले श्रमीकका लागि सरकारी र गैर सरकारी क्षेत्रबाट थुप्रै काम भए पनि अपेक्षाअनुसार परिणाम आउन नसकेको बताएकी छन् ।

सामाजिक सुरक्षा कोष, सशक्त महिला समृद्ध नेपाल लगायत संस्थाहरूको आयोजनामा धनगढीमा भएको योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धि कार्यशाला गोष्ठीको उद्घाटन गदै राज्यमन्त्री खड्काले यस्तो बताएकी हुन् ।

‘सामाजिक सुरक्षा, श्रमीकको मानव अधिकार’ भन्ने मुल नाराका साथ आयोजित गोष्ठिमा बोल्दै राज्यमन्त्री खड्काले भनिन्, ‘श्रमीकको पक्षमा सरकारी र गैर सररकारी संस्थाबाट विभिन्न काम भएका छन् । कामअनुसारको परिणाम नदेखिएको होला ।’

उनले सीममूलक तालिमको नाममा पनि ठुलो लगानी भएको तर तीनै श्रमीक पलायन हुने समस्या भने यथावत रहेको बताइन् । उनले युवा पलायनको समस्या रोक्नका लागि सामाजिक विकास मन्त्रालयले काम गर्ने बताइन् । ‘जसको कोही छैन, उसका लागि सरकार हुनुपर्छ भन्ने मान्यता हो,’ उनले भनिन् । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update