Paschim Express
डडेल्धुराको भीमदत्त क्याम्पसमा लागुऔषध नियन्त्रण सम्बन्धी अभिमुखिकरण

डडेल्धुरा । डडेल्धुराको भीमदत्त बहुमुखी क्याम्पसमा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतना तथा अभिमुखिकरण सम्पन्न भएको छ । 

तारागाउँ रिजेन्सी होटलस् लिमिटेटको प्रवद्र्धनमा किंग्स् युथ क्लबको आयोजना तथा जिल्ला प्रहरी कार्यालय डडेल्धुराको सहकार्यमा विद्यार्थीहरुलाई अभिमुखिकरण दिइएको हो । 

अभिमुखिकरण कार्यक्रमा विद्यालयमा अध्ययनरत छात्र/छात्राहरुलाई पावर प्वाईन्ट प्रोजेक्टरको माध्यमद्वारा लागुऔषध नियन्त्रण सम्बन्धी जानकारी दिइएको थियो ।

कार्यक्रममा प्रहरी निरीक्षक विरबहादुर थापा र प्रशिक्षक किरण जैरुले अभिमुखिकरण दिएको किंग्स् युथ क्लबका अध्यक्ष गणेश देउवाले जानकारी दिए ।  

456679765_122192621624025441_5808544145374022868_n-1724396198.jpg
 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update