Paschim Express
इजरायलमा मारिएका नेपालीको सम्मानमा भोलि राष्ट्रिय शोक*, परिवारलाई १० लाख दिने निर्णय

काठमाडौं । इजरायलमा मृत्यु भएका नेपालीको शोकमा सरकारले मङ्गलवार सार्वजनिक बिदा दिएको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै, हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख राहत दिने निर्णय पनि गरिएको छ । बैठकले त्यहाँ रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउने निर्णय पनि गरेको छ ।

इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते छन् । बङ्करमा लुकेर रात बिताइरहेकाहरूले उद्धारको याचना गरेका छन् । *यसअघि प्राप्त सूचनाका आधारमा शोक बिदा भनिए पनि अहिले राष्ट्रिय शोक मात्र घोषणा गरेको जानकारी आएअकोले क्षमाप्रार्थीसहित सच्याएका छौं ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update