Paschim Express
धनगढीमा कांग्रेस सभापति देउवाको घर अगाडी शंकास्पद वस्तु फेला

धनगढी । कैलालीको धनगढीमा रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घर अगाडि शंकास्पद वस्तु फेला परेकाे छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित देउवाको घर अगाडि शंकास्पद वस्तु फेला परेकाे प्रहरीले जनाएको छ ।

पूरानाे झाेलामा तार बेरिएकाे अवस्थामा शंकास्पद वस्तु भेटिएको र उक्त वस्तु के हाे ? भन्ने कुरा नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जानकारी दिए ।

शंकास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाकाे डिस्पोजल टाेलीलाई बाेलाइने प्रहरीले जनाएको छ । देउवाको घरमा उनका भतिजा सुदूरपश्चिमका पूर्वमन्त्री प्रकाश देउवा बस्दै आएका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update