Paschim Express
कांग्रेस सभापति देउवाको घरअगाडि फेला परेको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

धनगढी । कैलालीको धनगढीमा रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरअगाडि फेला परेको शंकास्पद वस्तु डिस्पोज गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित देउवाको घरअगाडि शंकास्पद वस्तु फेला परेकाेमा नेपाली सेनाले डिस्पोज गरेको हो ।

कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराका अनुसार गए राति १ बजे शंकास्पद वस्तु भेटिएको जानकारी प्रहरीमा आएको थियो ।

देउवाको घरको गेटअगाडि कालो झोलामा शंकास्पद वस्तु भेटिएपछि उक्त स्थानमा प्रहरी खटिएको र बिहान डिस्पोज गरिएको बोहराले जानकारी दिए । देउवाको घरमा उनका भतिजा सुदूरपश्चिमका पूर्वमन्त्री प्रकाश देउवा बस्दै आएका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update