Paschim Express
महेन्द्रनगरबाट छुटेको बस दुर्घटना, १७ जना घाइते (नामावलीसहित)

डडेल्धुरा । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट काठमाडौंतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइतेहरूको नामावली

१.जि.कन्चनपुर भीमदत्त न.पा.१० बस्ने वर्ष ४० की तारा भट्ट सामान्य ।

२.जि.कैलाली लम्किचुहा न.पा.३ बस्ने वर्ष २३ की हरिकला थापा सामान्य ।

३.जि.कैलाली लम्किचुहा न.पा.३ बस्ने वर्ष १९ को कैलाश वि.क.सामान्य ।

४.जि.कैलाली लम्किचुहा  न.पा.३.बस्ने  बस्ने वर्ष २७ की कृष्णा वि.क.सामान्य ।

५.जि.कैलाली लम्किचुहा न.पा.३.बस्ने वर्ष ३५ की जयन्ती बि.क.मध्यम ।

६.जि.कन्चनपुर भीमदत्त न.पा.८ बस्ने वर्ष ३७ को दिल बहादुर सुनार सामान्य ।

७.जि.कन्चनपुरको कन्चनपुर न.पा.३ बस्ने वर्ष २३ को समिदेवल राना मध्यम ।

८.जि.कैलाली गोदावरी न.पा.१२ बस्ने वर्ष ३७ को शेर बहादुर विष्ट सामान्य ।

९.जि.बझाङ वित्थडचिर गा.पा ४ बस्ने वर्ष २२ को बसन्त बोहोरा मध्यम ।

१०.जि.कन्चनपुर भीमदत्त न.पा.१७ बस्ने वर्ष ३४ को धरम खड्का सामान्य ।

११.जि.कन्चनपुर भीमदत्त न.पा.१० बस्ने वर्ष २० को दिपेश भट्ट सामान्य ।

१२.जि.दार्चुला महाकाली न.पा.६ बस्ने वर्ष २३को लक्ष्मण बम मध्यम ।

१३.जि.कन्चनपुर भीमदत्त न.पा.९ बस्ने वर्ष २५ को भिमसेन सार्की सामान्य ।

१४.जि.बैतडी दशरथचन्द न.पा.२ बस्ने वर्ष ३७ को जनक बिजाली सामान्य ।

१५.जि.कन्चनपुर भीमदत्त न.पा.४ बस्ने वर्ष २३ को विनोद सार्की सामान्य ।

१६.जि.डडेलधुरा गन्यापधुरा गा.पा.३ बस्ने वर्ष ३३ को देवबहादुर भुल सामान्य ।

१७.जि.चितवन भरतपुर म.न.पा.५ बस्ने वर्ष २५ को विपिन न्यौपाने मध्यम ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update