Paschim Express
धनगढीमा कांग्रेस सभापति देउवाको घर अगाडि फेला परेको बस्तु बम !

काठमाडाैं- पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि फेला परेको शंकास्पद बस्तु बम भएकाे पुष्टि भएकाे छ ।

धनगढी उपमहानगरपालिका–४ मा रहेकाे देउवा निवास अगाडि शनिवार राति शंकास्पद वस्तु फेला परेको खबर जिल्ला प्रहरी कार्यालय, कैलालीले राति १ बजे थाहा पाएको थियो । नेपाल प्रहरी त्यसलगत्तै शंकास्पद बस्तु भएको ठाउँमा पुगेको थियो भने नेपाली सेनाको दुई टोली पुगेको थियो ।

बिहान ५ बजे पुगेको टोलीले साढे ८ बजे शंकास्पद वस्तु निष्क्रिय पारेको थियाे ।  उक्त डिस्पोज गरिएको बस्तु बम भएको नेपाली सेनाका एक उच्च अधिकारीले बताए । तर, कैलाली प्रहरीले भने उक्त बस्तुलाई माटो भनेर ‘मिस इन्फरमेसन’ दिएको थियो ।

हाल देउवाका भतिजासमेत रहेका सुदूरपश्चिम प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा बस्ने उक्त घर अगाडि बम राखिएपछि आज जिल्लास्थित सबै सुरक्षा निकायको बैठक बसेकाे छ ।  २४सैं प्रहरी बस्ने सो घरनिरै बम राखिएको घटना गम्भीर भएकाे भन्दै कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सुरक्षा बैठक बोलाएका हुन् ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update