Paschim Express
सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री सोडारी नेकपा एसको सचिवमा पराजित

कैलाली । नेकपा एकीकृत समाजवादीको पदाधिकारीको निर्वाचनको अन्तिम मतपरिणाम आइसकेकाे छ । जसमा उम्मेदवार बनेका  सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी पराजित भएका छन् ।

उनले ५३ मत मात्रै पाए  । उनी नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता समेत हुन्। ५ सचिवका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए। जसमा श्रीनाथ बराल १०७, शेरबहादुर कुँवर १५३, चन्द्रबहादुर शाही ९१, सोमप्रसाद पाण्डे १४१ र सावित्रीकुमारी भुसाल १०६ ले मत पाएर विजयी भएका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update