Paschim Express
राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम महामन्त्री बाहुन बर्खास्त

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश महामन्त्री पारस बाहुनलाई बर्खास्त गरिएको छ । सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले बाहुनलाई जिम्मेवारीबाट हटाएका हुन् ।

`पछिल्लो समयमा संगठन र नेतृत्वलाई असहज/असफल बनाउने विविध क्रियाकलाप गर्नुभएको हुँदा सोबारे स्पष्टीकरण सोधिएकोमा उक्त स्पष्टीकरणको जवाफ सन्तोषजनक नभएकोले राष्ट्रिय स्वतन्त्र पार्टीको विधानअनुसार महामन्त्री पदबाट मुक्त गरोएको छ,´ प्रदेश सभापति विष्टद्वारा जारी पत्रमा उल्लेख छ । 

०८० मंसिर १३ गते महामन्त्री नियुक्त भएका बाहुनलाई भदौ १० गते स्पष्टीकरण सोधिएको थियो । बाहुनले स्पष्टीकरणको जवाफमा प्रदेश सभापतिले व्यक्तिगत सम्बन्धलाई लिएर कारबाही गर्न खोजेको बताएका थिए । 

सुदूरपश्चिममा प्रदेश सभापतिको कुरामा विमति राख्नेलाई पेल्ने र हटाउने कार्य हुँदै आएको पनि बाहुनले बताएका छन् । ३ महिनाभित्र ९ वटै जिल्लामा सक्रिय जिल्ला संयोजक बनाइसक्नुपर्ने भए पनि ८ जिल्लामा मात्र संयोजक बनाउन सकिएको र त्यसमा प्रदेश सभापतिको कमजोरी रहेको बाहुनले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update