Paschim Express
महिला कर्मचारीको पेशागत हितका लागि लाग्छु : राज्यमन्त्री खड्का

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले महिला कर्मचारीको पेशागत हितका लागि काम गर्ने बताएकी छिन् ।

नेपाल निजामती कर्मचारी युनियनद्वारा नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा धनगढीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राज्यमन्त्री खड्काले यस्तो बताएकी हुन् ।

`महिला कर्मचारीका पेशागत हकहित र अधिकारका लागि आफ्नो क्षेत्रबाट लागि पर्नेछु,´ उनले भनिन् । कार्यक्रममा सहभागीहरुले एकआपसमा तीजको शुभकामना आदानप्रदान गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  २१:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update