Paschim Express
डडेल्धुरामा भरुवा बन्दुकसहित २ जना पक्राउ

डडेल्धुरा । डडेल्धुरामा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् ।

जिल्लाको आलिताल गाउँपालिका–६ धिमडास्थित सडकबाट एकनाले भरूवा बन्दुक र सोही बन्दुकमा लाग्ने २ थान सिसाको गोलीसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।  आलिताल गाउँपालिका–६ फल्ले खर्कका ५१ वर्षीय बिरबहादुर कुँवर र ४३ वर्षीय कर्णबहादुर कुँवर पक्राउ परेका हुन् ।

अस्थायी प्रहरी पोष्ट धिमडाबाट खटिएको प्रहरीले उनीहरूलाई बन्दुकसहित नियन्त्रणमा लिएको हो ।

यस विषमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update