Paschim Express
डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान-श्रीमती घाइते, धनगढी रेफर

डडेल्धुरा । डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

जिल्लाको भागेश्वरबाट अजयमेरु गाउँपालिका–६ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर अजयमेरु गाउँपालिका–६ मुसिगडामा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परेर सोहि  ठाउँका मोटरसाइकल चालक हरिस भट्ट र उनकी श्रीमती तुल्सी भट्ट घाइते भएका छन् । उनीहरुलाई थप उपचारको लागि धनगढी रेफर गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update