Paschim Express
रुसी सेनामा कार्यरत थप ४ जना नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा परेर थप ४ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा विमल लिम्बु, बिक्रम चौधरी, डोमबहादुर आले र सुवास थापा रहेका छन् । उनीहरुको ठेगाना खुलेकाे छैन ।

परराष्ट्र  मन्त्रालयले सम्बन्धित निकायहरुसँग सोधपुछ गरेर उनीहरुको घर पत्ता लगाउने प्रयास गरिरहेकाे छ ।  योसँगै रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा मर्ने नेपालीको संख्या ४० पुगेको छ । परराष्ट्र स्रोतका अनुसार भदौ १४ सम्म ४० जनाको मृत्यु भएको हो ।

सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा रुसले गैरकानुनी रूपमा नेपालीलाई सम्झौता गर्दै भर्ती गरिरहेको छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update