Paschim Express
२१ आइफोनसहित धनगढी विमानस्थलबाट एक युवक पक्राउ

धनगढी । २१ आइफोनसहित धनगढी विमानस्थलबाट एक युवक पक्राउ परेका छन् । कैलालीको घोडाघोडी नगरपालिका- १ सुख्खड बस्ने २७ वर्षीय राजु चौधरी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्र बोहराले चौधरीको साथबाट ८ लाख ४० हजार मूल्य पर्ने एप्पल कम्पनीका २१ वटा आइफोन बरामद गरिएको जानकारी दिए । डिएसपी बोहराका अनुसार सोमबार धनगढी विमानस्थलको दक्षिणतर्फ रहेको यात्रु प्रवेशद्वारबाट चौधरी प्रवेश गरिरहेका थिए ।

एक्सरे मेसिनमा चेकजाँच गर्दा चौधरीले कार्टुनमा आइफोन राखेको फेला परेको डिएसपी बोहराले बताए । `आइफोन कुरियर गरी काठमाडौँ पठाउने तयारी थियो,´ उनले भने, `चौधरीलाई पक्राउ गरिएको छ । बरामद आइफोन त्रिनगर भन्सार कार्यालय पठाएर आवश्यक अनुसन्धान भइरहेको छ ।´

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update