Paschim Express
इजरायलमा मारिएका नेपालीको सम्मानमा आज राष्ट्रिय शोक

काठमाडौं । सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको छ ।

इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएकोमा सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको थियो । सञ्चारमन्त्री रेखा शर्माका अनुसार आज सरकारी कार्यालयमा झन्डा झुकाइनेछ ।  

“असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको छ,” उनले भनेकी छन् ।

देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको उनले बताएकी छन् । 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update