Paschim Express
डडेल्धुरासहितका सरकारी अस्पताललाई सार्वजनिक विदामा पनि ओपीडी सञ्चालन गर्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक विदाको दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्न सरकारी अस्पतालहरुलाई निर्देशन दिएको छ । आज (सोमबार) सबै सरकारी अस्पतालहरुलाई पत्राचार गर्दै मन्त्रालयले विदाको दिनमा पनि सबै प्रकारका सेवा प्रवाह गर्न भनेको हो ।

गत भदौ ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै सार्वजनिक विदाको दिनमा पनि अस्पतालहरुले सबै प्रकारको सेवा प्रदान गर्ने व्यवस्था मिलाउन भनेको थियो ।

Paripatra-1725286705.jpg
 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update