Paschim Express
बैतडीमा करेन्ट लागेर महिलाको मृत्यु

डडेल्धुरा । बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ स्थित डुङराकी  ५७ वर्षीया जानकी लुहारको करेन्ट लागेर मृत्यु भएको हो । 

सोमबार अपराह्न साढे ४ बजेको समयमा घरमा लुगा सुकाउन प्रयोग गरिएको ग्याबिन तारमाथि भिजेका लुगा सुकाउन राख्ने क्रममा करेन्ट लागेर मृत्यु उनको भएको आफन्त समेत रहेका पाटन नगरपालिकाका कार्यपालिका सदस्य खेमराज लुहारले जानकारी दिए । 

करेन्ट लागेर गम्भीर घाइते भएकी लुहारलाई स्थानीयले उद्धार गरी उपचारको लागि पाटन लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको बताइएको छ । घरको भान्सा कोठामा मिटरबक्स राखिएको बुझिएको छ । सोही मिटरबक्स नजिकैबाट लुगा सुकाउन प्रयोग गरिने ग्याबिन तार तानिएको  र सोही तारमा करेन्ट मृत्यु भएको हो । 

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update