Paschim Express
नेपाल निजामती कर्मचारी युनियन स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

डडेलधुरा । नेपाल निजामती कर्मचारी युनियन स्थापना दिवसको अवसरमा डडेल्धुरा अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । 

नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष रणेन्द्र सिंहकाे नेतृत्वको टोलीले अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको हो । उनले जिल्ला कार्यसमिति डडेलधुराद्वारा अस्पतालमा उपचारार्थ बिरामीहरुको शीघ्र स्वास्थ्य लाभको कामनासहित  फलफूल वितरण गरिएको जानकारी दिए ।

हरेक वर्ष भदौ १९ गते नेपाल निजामति कर्मचारी युनियनले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । 

458418475_10211873194463114_5476831019498215404_n-1725432091.jpg
 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update