Paschim Express
बुढीतोलामा मिनीट्रक एक आपसमा ठोक्किदा एकजना घाइते

कैलाली ।  कैलालीमा २ वटा मिनीट्रक एक आपसमा ठोक्किदा एकजना घाइते भएका छन् ।

जिल्लाको गोदावरी नगरपालिका–४ बुढीतोलामा २ वटा मिनिट्रक एक आपसमा ठोक्किदा एकजना घाइते भएका हुन् । मंगलवार भीमदत्त राजमार्ग अन्तरगत अत्तरियाबाट दार्चुला तर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ख २७७३ मिनी ट्रक र विपरित दिसाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ क १९८६ मिनी ट्रक एक आपसमा ठोक्किदा १ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा सुदूरपश्चिम प्रदेश  ०१००१ क १९८६ मिनी ट्रकमा सवार डोटीको दिपायल सिलगढी नगरपालिका– ३ का २६ वर्षीय बिरु भुर्जी घाइते भएको प्रहरीले जनाएको छ। उनको अत्तरिया स्थिति पदमा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update