Paschim Express
डडेल्धुराको जिप्रका–टुँडिखेल सडक स्तरोन्नति हुने, क्षेत्राधिकारभित्रका संरचना खाली गर्न आग्रह

डडेल्धुरा । डडेल्धुरा सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयदेखि टुँडिखेलसम्मको सडक स्तरोन्नति हुने भएको छ । स्तरोन्नती तथा कालोपत्रे गर्नुपर्ने भएकाले क्षेत्राधिकारभित्रका संरचना खाली गर्न अमरगढी नगरपालिका वडा नम्बर ४ को कार्यालयले आग्रह गरेको छ । 

एक सूचना जारी गर्दै वडा कार्यालयले सडकको केन्द्र विन्दु‌बाट दाँया-बाँया ५/५ मिटर भित्रपर्ने संरचनाहरु खाली गर्न आग्रह गरेको हो । वडाले सूचना जारी भएको १५ दिनभित्र  संरचनाहरु खाली गराई आवश्यक सहयोग तथा सहजीकरण गर्न आग्रह गरेको छ । 

455967268_1021685359636215_1574890590121792895_n-1725444447.jpg
 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update