Paschim Express
डडेल्धुरामा पनि  मनाइयो मानव बेचबिखन तथा ओसारपसारविरुद्धको दिवस

डडेल्धुरा । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १८औं राष्ट्रिय दिवस डडेल्धुरामा पनि मनाइएको छ ।

जिल्ला मूल समारोह समिति डडेल्धुराको आयोजनामा बिहीवार ‘तीनै तहका सरकारको प्रतिबद्धता : मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।

दिवसका अवसरमा डडेल्धुराको तुफानडाँडादेखि बागबजारसम्ममा सचेतनामूलक पम्पलेट बोकेर प्रभातफेरी निकालिएको हो । प्रभातफेरी तुफानडाँडा चोकबाट बसपार्क पुगेर कोणसभामा परिणत भएको थियो ।

सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखनविरुद्धको महासन्धि २०६३ भदौ २० गते तत्कालीन प्रतिनिधिसभाबाट अनुमोदन गरिएको थियो। त्यही दिनको स्मरणमा हरेक वर्ष मानव बेचबिखनविरुद्धको दिवसका रुपमा मनाउन थालिएको हो।

 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update