Paschim Express
डडेल्धुरामा परशुराम नगरपालिका उत्कृष्ट

डडेल्धुरा । डडेल्धुरा जिल्लाभर परशुराम नगरपालिका उत्कृष्ट भएको छ । स्वास्थ्य निर्देशनालय दीपायल डोटीले गरेको मूल्यांकनमा परशुराम नगरपालिका स्वास्थ्यतर्फ जिल्लाभर उत्कृष्ट भएको हो ।

आर्थिक वर्ष २०७९, ०८० का विभिन्न स्वास्थ्य सूचकहरुका आधारमा मूल्यांकन गर्दा उक्त नगरपालिका जिल्लाभरीमा उत्कृष्ट छनोट भएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्लाभर उत्कृष्ट भएपछि उक्त नगरपालिकाको स्वास्थ्य शाखालाई असोज २५ गतेदेखि २७ गतेसम्म धनगढीमा हुने प्रदेशस्तरीय समिक्षा गोष्ठीमा सहभागी गराउने जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update