Paschim Express
बैतडीमा बलात्कार आरोपमा स्वास्थ्य चौकी प्रमुख पक्राउ

डडेल्धुरा । बैतडीमा बलात्कार आरोपमा स्वास्थ्य चौकी प्रमुख पक्राउ परेका छन् । जिल्लाको सिगास गाउँपालिका-२ गाँजरी स्वास्थ्य चौकीका प्रमुखसमेत रहेका स्थानीय ४१ वर्षीय जनकसिंह धामी बलात्कार आरोपमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा प्रवक्ता बलराम पाण्डेले ३१ वर्षीया युवतीले आफूमाथि धामीले जबरजस्तीकरणी गरेको भन्दै इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी दिएकी छिन् । बिहीबार जाहेरी परेको र आजै धामीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक पाण्डेले बताए ।

पीडितले दिएको जाहेरीका आधारमा धामीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, पाटनको हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । धामीले विभिन्न प्रलोभनमा पारी पटकपटक जबरजस्तीकरणी गरेको पीडित युवतीको आरोप छ । पीडित युवती अविवाहित र स्वास्थ्यकर्मी समेत रहेकी बुझिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update