Paschim Express
सुख्खा पहिरो झर्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ । बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो झर्दा सडक अवरुद्ध भएको छ । आज बिहान ७ बजेदेखि तमैल बजारनजिकै सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि जिल्ला सदरमुकाम चैनपुरबाट छुट्ने र भित्रिने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।

बिहानै पाँचवटा बस मात्र सदरमुकामबाट छुटेको बस व्यवसायी जोगबहादुर दौल्यालले जानकारी दिए। उनले बिहान बझाङबाट धनगढी, काठमाडौं, महेन्द्रनगर, डडेल्धुराका लागि छुटेका केही बस मात्र पार भएको र बाँकी सबै बस रोकिएको बताए । 

सडक खुलाउन केदारस्युँ गाउँपालिकाको झोताबाट जेसिबी आएको, तर पहिरो नरोकिँदा खुलाउन नसकेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए । उनले  पहिरो रोकिएपछि मात्रै सडक खुलाउन सकिने बताए । 

 

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update