Paschim Express
डोटीमा कोदालो प्रहार गरेर भाइले गरे दाजुको हत्या

डोटी । डोटीमा भाइले कोदालो प्रहार गरी आफ्नै दाजुको हत्या गरेका छन् ।

जिल्लाको जोरायल गाउँपालिका–६ डाँडागाउँ का  ५५ वर्षीय नरबहादुर जोराले आफ्नै दाजु गणेशबहादुर जोराको हत्या गरेको डीएसपी भिमलाल भट्टराइले बताए ।

नरबहादुरलाई प्रहरील सोमवार नै नियन्त्रणमा लिइसकेको छ । सोमवार दिउँसो ३ बजेको समयमा नरबहादुरले दाजु गणेशबहादुरको टाउकोमा कोदालो प्रहार गरेका थिए ।

घरायसी विवादपछि झगडा हुँदा भाइले कोदालो प्रहार गरेको र दाजुको घटनास्थलमै मृत्यु भएको पाइएको डीएसपी भट्टराईले बताए। प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update