Paschim Express
नक्कली शैक्षिक प्रमाण-पत्र पेश गरी जागिर खाएको आरोपमा सव-इन्जिनियरविरुद्ध मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र, डडेल्धुराको सव-इन्जिनियर पदमा कार्यरत लाल बहादुर बिकले झुट्टा तथा नक्कली शैक्षिक प्रमाण-पत्र पेश गरी नियुक्ति लिएको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले बिकले सव-इन्जिनियर (करार) पदमा नियुक्ति प्रयोजनार्थ डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाण-पत्र पेस गरी सव-इन्जिनियर पदमा नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेको आधारमा मुद्दा दायर गरेको हो ।

उनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई आरोप-पत्र दायर गरिएको अक्तियारले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update