Paschim Express
डडेल्धुराका नयाँ सिडिओ न्यौपानेले भने - सुशासन कायम गर्छु

डडेल्धुरा । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जिल्लामा सुशासन कायम गर्ने बताएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा हालै सरुवा भएर आएका सिडिओ न्यौपानेले यस्तो बताएका हुन् ।

`जिल्लास्थित सरकारी कार्यालयमा सुशासन कायम गर्ने र कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्त बनाउनमा लाग्नेछु,´ उनले भने, `जिल्लाको शान्ति सुरक्षा कायम गराउनमा पनि योजना बनाएर काम गर्नेछु ।´

यसअघिका प्रमुख जिल्ला अधिकारी अञ्जन न्याैपानेको गृह मन्त्रालयमा सरुवा भएपछि गृहबाट न्यौपाने आएका हुन् । उनले ५ महिनाअघि पनि केही दिनका लागि डडेल्धुरामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका थिए ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update