डडेल्धुरा । टिकटकमा भाइरल भएकी डडेल्धुराकी एक युवती मृत फेला परेकी छिन् । जिल्लाको गन्यापधुरा गाउँपालिका–३ की २१ वर्षीया विमला देउवा घरमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
उनको टिकटकमा २ लाख २४ हजार फ्लोअर छन् । हिजो(बुधबार) झुण्डिएको अवस्थामा फेला परेकी देउवाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै हिजो नै जिल्लाको परशुराम नगरपालिका–४ परिगाउँमा एक किशोरीको शव फेला परेको छ । महाकाली नदी किनारमा दार्चुलाको नौगाड गाउँपालिका–५ की १६ वर्षीया ममता टमटाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
उनको शव महाकाली नदीले बगाएर ल्याएको प्रहरीको भनाई छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१ १०:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय