Paschim Express
चमडामा खेलकुदसँगै सांस्कृतिक कार्यक्रम हुने, यस्तो छ पुरस्कार

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिकास्थित चमडामा खेलकुद प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रम हुने भएको छ । अजयमेरु गाउँपालिकाको सांस्कृतिक महत्व बोकेको बीरबेताल जात्रा अर्थात चमडा जाँतको अवसरमा अजयमेरु गाउँपालिका वडा नम्बर २ को आयोजनामा भलिबल र दौड प्रतियोगितासंगै सांस्कृतिक कार्यक्रम पनि हुने भएको हो ।

वडाअध्यक्ष शिवराज भट्टका अनुसार यहि भदौ ३० गतेदेखि असोज १ गतेसम्म महोत्सव आयोजना हुने छ । ३० गते भेट्रान (दिग्गज) कप भलिबल प्रतियोगिता हुने उनले बताए । ३५ वर्ष उमेर माथिका खेलाडी सहभागी गराइने उक्त प्रतियोगितमा प्रथम हुनेलाई नगद २० हजार, द्वितीय हुनेलाई १० हजार र तृतिय हुनेलाई ५ हजार पुरुस्कार प्रदान गरिने वडाध्यक्ष भट्टले बताए ।

यस्तै ३१ गते बिहान खुला पुरुष भलिबल प्रतियोगिता र साँझ डेउडा कार्यक्रम आयोजना हुने बताइएको छ । भलिबल प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार, द्वितीय हुनेलाई ३० हजार र  तृतिय हुनेलाई १५ हजार पुरुस्कार प्रदान गरिने  र उत्कृष्ट डेउडा प्रदर्शन गर्नेलाई  उचित पुरस्कारको व्यवस्था रहेको उनले बताए । 

त्यस्तै असोज १ गते वृहत साँस्कृतिक कार्यक्रम तथा समापन समारोह र ५ हजार मिटर पुरुष खुल्ला दौड प्रतियोगिता आयोजना हुने वडाध्यक्ष भट्टले बताए । दौड प्रतियोगितामा प्रथम हुनेलाई नगद ३ हजार, द्वितीय हुनेलाई २ हजार र  तृतिय हुनेलाई १ हजार पुरुस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

साँस्कृतिक कार्यक्रममा भने मोडल झरना बोहरा, दोहरी गायक सुधीर जैरु, रमेश मल्ल र करन सिंह ऐरको प्रस्तुति रहने बताइएको छ । 

Messenger_creation_4E054033-6F43-4952-8C23-3CBBFE626074-1726140044.jpeg
 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update