Paschim Express
भीमदत्त राजमार्गसहित विभिन्न सडक अवरुद्ध

डडेल्धुरा । तराईका जिल्लाबाट सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गसहित विभिन्न राजमार्ग अवरुद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार भीमदत्त राजमार्गको साहुखर्क क्षेत्रमा पहिरो खसेको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित साहुखर्कमा पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।

458506496_427810896458012_3476382164871751094_n-1726202339.jpg
 

यस्तै डडेल्धुराबाट डोटी जोड्ने केआइसिंह राजमार्ग पनि पूर्ण रुपमा बन्द रहेको प्रहरीले जनाएको छ । राजमार्गको रडुवामा पहिरो खसेको छ । यस्तै डोटीको बुडरदेखि जोगबुढा जोड्ने सडक पनि पूर्ण रुपमा बन्द छ । आलिताल गाउँपालिकाको सुनखोलामा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै पहिरो खस्ने र वर्षा हुने क्रम नरोकिएकाले सुरक्षीत रुपमा यात्रा गर्न पनि आग्रह गरेको छ ।

455258321_928479519322219_5872056105369628209_n-1726202361.jpg
 

यस्तै बझाङको जयपृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत छविसपाथिभेरा गाउँपालिकाको जालेबगरमा पहिरो गएपछि बझाङको यातायात अवरुद्द भएको हो । पहिरोले ल्याएका ठुला ढुङ्गाले  बिजुलीको तार चुडेर सेती नदीमा पुगाएपछि बझाङको विद्युत सेवा पनि अवरुद्द भएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update