Paschim Express
डोटीमा खोलाले बालिका बगायो, घरमा पहिरो खसेपछि दुई जना घाइते

डडेल्धुरा । डोटीमा एक बालिकालाई खोलाले बगाएको छ । जिल्लाको केआईसिंह गाउँपालिका-४ मा ८ वर्षीया बालिका निर्मला चन्फलाई खोलाले बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराइका अनुसार दुध बेच्न जाने क्रममा उनलाई बगाएको र बालिकाको खोजी कार्य जारी छ ।
डोटीको बडीकेदार गाउँपालिकाको टिमुटेमा ठुलो पहिरो गएको डिएसपी भट्टराईले जानकारी दिए ।

`घरमाथिबाट पहिरो आएपछि यापिएर स्थानीय ४५ वर्षीय तुलाराम जेठारा र उनकी ४० वर्षीया श्रीमती भागरथी जेठारा घाइते भएका छन्,´ उनले भने, `भागरथीको अवस्था गम्भीर छ भने उनलाई प्रहरीले स्वास्थ्य चौकी पुगाएको छ । तुलारामलाई पनि प्रहरीले बोकेर स्वास्थ्य चौकी पुगाइरहेको छ ।´

पहिरो खस्दा दर्जनौं बाख्रा र केही चौपाया पनि च्यापिएर मरेको प्रहरीले जनाएको छ । सुदूरपश्चिमका कैलाली, कंचनपुर, डोटी र डडेल्धुरा लगायतका जिल्लामा बुधबार रातिदेखि वर्षा भइरहेको छ । पहिरोका कारण प्रदेशका ८ वटा राजमार्ग अवरुद्ध छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update