Paschim Express
एमाले सुदूरपश्चिमको अध्यक्षका लागि ४ जनाको उम्मेदवारी

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष पदका लागि अछामका कृष्णप्रसाद जैशी, कमल तिमिल्सिना, भरतबहादुर साउद र बझाङका बचनबहादुर सिंहले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारको नाम फिर्ता १२ः३० देखि २ बजेसम्मलाई तोकिएको छ ।  कार्यतालिका अनुसार आज दिउँसो साढे २ बजे अन्तिम नामावली प्रकाशन हुनेछ । मतदानको समय मंगलबार साँझ ५ बजेलाई तोकिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update