Paschim Express
सुदूरपश्चिमका ६ जिल्लामा बाढीको उच्च जोखिम

काठमाडौं- देशका नदीमा आज पानीको बहाव उल्लेख्य बढेको छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज र भोलि कर्णाली, पश्चिम सेती, महाकाली र बबई र यसका सहायक नदीहरूको जलसतह उल्लेख्य बढ्नेछ । भोलि ती नदीहरूको जलसतह सतर्कतादेखि खतरा तह आसपास हुने महाशाखाको पूर्वानुमान छ ।

आज र भोलि सुदूरपश्चिमका  कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बैतडी, दार्चुलामा बाढीको उच्च जोखिमको पूर्वानुमान गरिएको छ ।

दाङ, बाँके, सल्यान, सुर्खेत, जाजरकोट, कालीकोट, दैलेख, अछाम, बाजुरा, बझाङ भई बहने केही साना नदीमा पनि पानीको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको पूर्वानुमान गरिएको छ ।

दोलखा, सिन्धुपाल्चोक, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पश्चिम, जुम्ला, हुम्ला भई बहने केही साना नदीमा बहाव बढ्ने महाशाखाको पूर्वानुमान छ ।

b1-1726201466-1726202897.jpg
b2-1726201466-1726202913.jpg
 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update