Paschim Express
अविरल वर्षाअघि डडेल्धुरा विपद् व्यवस्थापन समितिको पूर्वतयारी, यी निर्णय भए

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा मनसुनी वर्षा सक्रिय हुने र त्यसबाट क्षति पुग्न सक्ने भन्दै सुदूरपश्चिम प्रदेश सरकारले हाइ अलर्ट जारी भएपछि डडेल्धुरा विपद् व्यवस्थापन समिति सक्रिय भएको छ । हिजो(बिहीबार) प्रमुख जिल्ला अधिकारी चामेन्द्र न्यौपानेको अध्यक्षतामा बैठक बसेर विपद् न्यूनीकरण तथा प्रतिकार्यका लागि विभिन्न निर्णय गरिएको छ । 

नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले जोखिमपूर्ण स्थानमा सतर्कता अपनाउने, बाढीको जोखिमबारे पूर्व सूचना दिने, प्रभावितहरुलाई  सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउने, सबै स्थानीय तहले स्थानीय विपद पूर्व तयारी तथा प्रतिकार्य योजना तयार पारी प्रभावकारी रुपमा कार्यन्वयन गर्ने व्यवस्था मिलाउने लगायतका निर्णय भएका छन् । 

458650474_1059625909206059_4886980386833825647_n-1726205210.jpg
 

यस्तै प्रजिअकै अध्यक्षतामा जिल्ला समन्वय समितिको बैठक बसेर राजमार्ग अवरोध हटाउन पनि विभिन्न निर्णय भएका छ ।  बैठकबाट जिल्ला प्रशासन कार्यालय डडेल्धुराले तयार पारेको ‘राजमार्ग (सडक) अवरोधरहित सञ्चालन गर्न कार्ययोजना र रोष्टर, २०८१’ स्विकृत गर्ने, सबै निकायहरुले जनशक्ति, स्रोत र उपकरणहरु दुरुस्त रास्ने व्यवस्था मिलाउने, सडक डिभिजन कार्यालय डोटी, पूर्वाधार विकास कार्यालय डडेल्धुरा र ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले नियमित अनुगमन गर्ने लगायतका निर्णय गरेको छ । 

458196184_427300319836416_171828312533795725_n-1726205227.jpg
 


 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update