डडेल्धुरा । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड–२०८० मा राष्ट्रिय भलिबल टिमकी कविता भट्टले पिपल्स च्वाइस अवार्ड जितेकी छन् ।
शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित अवार्डमा कविताले ५६ प्रतिशत भोटसहित पिपल्स च्वाइस अवार्ड जितेकी हुन् ।
यस विधाको मनोनयनमा फुटबलकी प्रीति राई, कबड्डीकी मानमति विष्ट, भलिबलकी कविता भट्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुल्सन झा मनोनयनमा परेका थिए ।
जसमा मानमतिले १९, प्रीतिले १६, श्रीरामले ४.४, गुल्सनले ४.४ प्रतिशत मत पाए । कविताको घर डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ भात्काडा हो । नेपाली खेलकुद पत्रकारको छाता संगठन एनएसजेएफले हरेक वर्ष अवार्ड आयोजना गर्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१ १८:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय