Paschim Express
डडेल्धुरामा बाढीले जलविद्युत आयोजनाको पावरहाउस बगायो

डडेल्धुरा । डडेल्धुरामा बाढीले एक जलविद्युत आयोजनाको पावरहाउस बगाएको छ ।

जिल्लाको आलिताल गाउँपालिका–२ उल्लालीमा रहेको जलविद्युत आयोजनाको पावरहाउस बाढीले बगाउँदा पूर्णरुपमा क्षति भएको छ।

२७ र २८ गते दुई दिन भएको अविरल वर्षाका कारण गाङ्खेत खोलाको बहाब बढ्न गई जलविद्युत आयोजनाको पावरहाउस बगाएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ ।

पावर हाउस बगेपछि स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update