काठमाडाैं । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा नेपाल टेलिकमका सेवा अवरुद्ध भएकाे छ । दार्चुला, बैतडी र बझाङमा नेपाल टेलिकमको भ्वाइस सेवा र इन्टरनेट सेवा अवरुद्ध भएका हुन् ।
बैतडीको अनारखोलीमा अप्टिकल फाइबर ब्रेक भएपछि शनिबार दिउँसोदेखि इन्टरनेट र फोन सेवा अवरुद्ध भएको नेपाल टेलिकमले जनाएको छ ।
टेलिकमको सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्क टुटेको धेरै ग्राहकले गुनासो गरेका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१ ११:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय