Paschim Express
डडेल्धुराको बाढी प्रभावित क्षेत्रमा सांसद खड्का

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले डडेल्धुराको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेकी छिन् । हिजो (आइतबार)उनले जिल्लाको परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा बाढीले पुर्‍याएको क्षतिको निरीक्षण गरेकी हुन् । 

सामाजिक विकास राज्यमन्त्री भइसकेपछि पहिलोपटक भित्री मधेश पुगेकी उनले स्थानीयलाई बाढीले पुर्‍याएको क्षतिपछि आफूले गनुपर्ने प्रयासमा कुनै कसर बाँकी नराख्ने बताइन् । ‘यो समस्या स्थानीयको मात्रै होइन, हामी सबैको हो । मैले गर्नुपर्ने प्रयास गर्छु’ उनले भनिन् ।  

WhatsApp-Image-2024-09-15-at-6.53.06-PM-1726471085.jpeg
 


 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update