Paschim Express
राष्ट्र संघको ‘समिट अफ द फ्युचर’ मा  परशुरामका मेयरसहित तीन युवा नेता सहभागी हुँदै

काठमाडाैं । संयुक्त राष्ट्र संघ (यूएन) ले यस पटक आयोजना गर्न लागेको ‘समिट अफ द फ्युचर’ कार्यक्रममा नेपालबाट तीन युवा नेताहरूले सहभागिता जनाउने भएका छन् ।

नेपाल सरकारसँगको सहकार्यमा काठमाडौंस्थित यूएनको आवासीय प्रतिनिधिको कार्यालयबाट छनोट गरेर नेपालका तीन युवा नेताहरुलाई न्युयोर्क आउन लागेका हुन् ।

डडेल्धुराकाे परशुराम नगरपालिकाका मेयर भरत जोशी, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोल र एमालेका युवा नेता अब्दुस मियाँले समिट अफ द फ्युचर समिटमा सहभागिता जनाउन लागेका हुन् ।

उनीहरुले समिट अफ द फ्युचरमा नेपाली युवाहरुको प्रतिनिधित्व गर्ने छन् ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update