
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको ७औं वार्षिकोत्सवको अवसरमा बुधबार डडेल्धुराको ह्वाइट पार्क कलेजका विद्यार्थीहरुलाइ वित्तीय साक्षर सम्बन्धी जानकारी गराइएको हो ।
विद्यार्थीहरुलाई वित्तिय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी गराउनुको साथै लगानी गर्दा ध्यानदिनुपर्ने कुराहरु, इन्टरनेट लगायत अन्य सामाजिक संजालको प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कताबारे विस्तृत जानकारी दिइएको शाखा प्रबन्धक मनिराम साउदले जानकारी दिए ।
कलेजका शिक्षक सहितको उपस्थितिमा उक्त कार्यक्रम गरिएको शाखा उनले बताए ।
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१ १०:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय