Paschim Express
डडेल्धुराको  भागेश्वरमा बजार अनुगमन, १३ हजार बढीको अखाद्य सामान नष्ट

डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिकाका बजारमा अनुगमन गरिएको छ । कालोबजारी नियन्त्रण गर्न, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउन र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको हो ।

सोही क्रममा अवैध म्याद सकिएका र लेबल नभएका १३ हजार २३५ रुपैयाँका सामान फेला पारेर नष्ट गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीका अनुसार बगरकोट, लाकम, बुर्स खानीडाड, पनिउट, जाख, बयलपाट, रुपाल, बोगटा, लामीकाण्डे र नानीगाड लगायतका बजारमा अनुगमन गरिएको हो ।

गाउँपालिकाको आयोजनामा भएको अनुगमनमा पालिकाका कर्मचारी, जनप्रतिनिधि र स्थानीय प्रशासनका प्रतिनिधिको सहभागिता रहेको थियो ।  
 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update