Paschim Express
देउडा प्रतिष्ठानका अध्यक्ष बोगटीको निधन

काठमाडाैं । देउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीको निधन भएको छ । बोगटीको उपचारको क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा निधन भएको हो ।

कैलाली प्रहरीका अनुसार भदौ ३१ गते राति हायसले ठक्कर दिदा घाइते भएका उनको बिहिवार दिउँसो निधन भएको छ।  धनगढी उपमहानगरपालिका–६ जालीमा ०१ ०००१ ज १५२८ नम्बरको हायसले उनलाई ठक्कर दिएको थियो ।  उनको टाउकोमा चोट लागेको थियो ।

ठक्कर दिने हायसका चालक प्रहरीको नियन्त्रणमा छन् । बोगटी नेपाल प्रहरीको अवकाश प्राप्त सहायक प्रहरी निरीक्षक (सई) पनि हुन् ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update