Paschim Express
धनगढीको होटलमा बलात्कार गरेको आरोपमा डडेल्धुराका हिमाल पक्राउ

डडेल्धुरा । डडेल्धुराको आलितालबाट करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

उनले धनगढी उपमहानगरपालिका ४ बसपार्कस्थित बागेश्वरी होटेलको कोठा नं. ७ मा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा आलिताल गाउँपालिका- ८ कालाकोटका ३५ वर्षीय  युवक हिमाल ताम्राकारलाई प्रहरीले पक्राउ गरेको हाे ।

उनीविरुद्ध भदौ ३० गते जिल्ला प्रहरी कार्यालय कैलालीमा महिलाले जबरजस्ती करणी मुद्दामा किटानी जाहेरी दिएपछि ताम्राकारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update