Paschim Express
डडेल्धुरामा सुरु भयो सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको साधारणसभा

डडेल्धुरा । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको साधारणसभा सुरु भएको छ । साधारणसभाको एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले उद्घाटन गरे । 

चन्दले स्कोर कार्ड विधि अपनाएर जिल्ला शाखालाइ बनियो बनाउने काम गरिएको बताएका छन् । तीन तहकै सरकारको सहयोग बिना क्रिकेट पुर्वाधारको विकास हुन नसक्ने बताउँदै चन्दले भने, `सुदूरपश्चिममा पुर्वाधारका लागि सरकारले बजेट बिनियोजन गर्न सक्न सकेको छैन ।´

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशीको अध्यक्षतामा कार्यक्रम सुरु भएको हो । कार्यक्रममा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले संघले संचालन गरेका गतिविधि र आगामी कार्यक्रमबारे जानकारी दिएका थिए । 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update