Paschim Express
डडेल्धुराको परशुराममा क्रिकेट प्रतियोगिता हुने

डडेल्धुरा । परशुराम नगरपालिकामा नगरस्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । कटाल क्रिकेट क्लब र विष्णु सेक्युरिटी सर्भिस प्रालिको स्रंयुक्त आयोजनामा परशुराम नगरपालिका वडा नम्बर ४ मा क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

असोज २९ गतेबाट हुने प्रतियोगिताका खेलहरू पोखरी खेल मैदानमा हुने आयोजकले जनाएको छ । नारयण कठायतको स्मृतिमा पहिलोपटक क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको बिजेताले ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले २१ हजार १ सय ११ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक विष्णु सेक्युरीटीका प्रबन्धक विष्णु बोहराले जानकारी दिए ।
 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update