Paschim Express
राज्यमन्त्री खड्काको पहलमा डडेल्धुरामा स्वास्थ्य सामाग्री पठाइयो, बिरामीको उपचारमा पनि छुट

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको पहलमा डडेल्धुरामा स्वास्थ्य सामाग्री पठाएको छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरा र जोगबुढा अस्पतालमा विभिन्न स्वास्थ्य सामाग्री पठाइएको हो ।

राज्यमन्त्री खड्काको सचिवालयले दिएको जानकारीअनुसार जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरा र जोगबुढा अस्पताललाई तीन सय भाइल डेंगु किट, एक सय ५० भाइल कालाजार र एक सय ५० भाइल मलेरिया किट पठाइएको हो । `नागरिकहरु डेङ्गु, मलेरिया र स्क्रब टाइफस संक्रमणको बिसम अवस्थामा रहँदा नागरिकको सुरक्षालाई मध्यनजर गर्द‌ै स्वास्थ्य सामाग्री पठाइएको हो,´ राज्यमन्त्री खड्काको सचिवालयले उल्लेख गरेको छ ।

यस्तै डडेलधुरा अस्पतालसंगको समन्वयमा उक्त रोगबाट संक्रमित बिरामीहरूको उपचार खर्चमा ५० प्रतिशत बेहोर्ने गरि प्रबन्ध मिलाइएको राज्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update